Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयाे,थप कडाई गरिने (बिज्ञप्तिसहित)

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयाे,थप कडाई गरिने (बिज्ञप्तिसहित)

  • 6.2K
    SHARES

  • रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयाे,थप कडाई गरिने (बिज्ञप्तिसहित)

    बुटवल,जेठ १२- 

    रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गते सम्म लम्ब्याइएको छ । जिल्लामा अहिले पनि कोरोनाको प्रभाव नघटेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । रुपन्देहीमा बैसाख १६ देखि शुरु भएको निशेधाज्ञाको अवधी याे तेस्राे पटक थपिएको हाे ।

    डीसीएमसीको बैठकको सिफारिसमा जेठ २० गते सम्मको लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । प्रजिअ तामाङले यस अघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधि थप भएको जनाउँदै निषेधाज्ञालाई अझै कडाईका साथ कार्यान्वयन गराईने बताए ।

    यसअघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा थप गरिएको निषेधाज्ञामा भने कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने तामाङले जानकारी दिए ।

    नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कनैपनि प्रकारको आदेश उल्लंघन गरेको ६ महिना कैद र ३ लाख सम्म जरिवाना हने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारीले अध्यादेश बमोजिमको आदेश उल्लंघन गर्नेलाई तत्काल ब्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

    थप गरिएको निषेधाज्ञामा पनि पुर्ववत शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ ।

    अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जनाएको छ ।jilla prasaan pof rupandehi  (1).jpgjilla prasaan pof rupandehi  (3).jpgjilla prasaan pof rupandehi  (5).jpgjilla prasaan pof rupandehi  (4).jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology