Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज २५६५ औं बुद्ध जयन्ती : लुम्बिनीमा दीप प्रज्वलन र परित्राण पाठ 

आज २५६५ औं बुद्ध जयन्ती : लुम्बिनीमा दीप प्रज्वलन र परित्राण पाठ 

  • 3.8K
    SHARES

  • आज २५६५ औं बुद्ध जयन्ती : लुम्बिनीमा दीप प्रज्वलन र परित्राण पाठ 

    बुटवल,जेठ १२-

    आज २५६५ औं बुद्ध जयन्ती मनाइदै छ।  कोरोना महामारीका कारण लुम्बिनीमा धुमधाम र चहलपहल बिना नै बुद्धजयन्ती मनाइएको हाे । लुम्बिनी बिकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाएको हो । 

    कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतवर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजा पाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर मनाइएको बताए।

    यस्तै साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष महास्थवीरले मायादेवी मन्दिर परिसरमा दिप प्रज्ववलन र खिर दान गरेर बुद्धजयन्ती समारोहको शुभारम्भ गरेका थिए।

    लुम्बिनीमा २५ हजार विरूवा रोप्ने कामको पनि मुख्यमन्त्री पोखरेलले शुभारम्भ गरेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology