बुटवल,जेठ ११-
रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । ७६५ नमुना परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा रुपन्देहीमा ५०४ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरुभएसँगै जिल्लमा पहिलो पटक बुटवलउपमहानगरमा भन्दा बढी तिलोत्तमामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बुटवलमा ६० जना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैनामा २६ जना, कञ्चनमा १९, देवदहमा १७ जना र ओमसतियामा ११ जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्लामा अहिले सम्ममा ३९७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने अहिले ३९८७ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १६९ जनाको मृत्यु भएको छ।
मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२९३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २२३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ६४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४०४८८७ जना संक्रमणमुक्त भएका छन्।नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन्। जसमध्ये १६७२ जना आइसियू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)