काठमाडौं,जेठ ११-
काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा हुने भएको छ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । भट्टराईका अनुसार अब किराना पसल पनि निषेधाज्ञामा बन्द हुनेछन् । तरकारी र माछा मासु पसल विहान ९ बजेसम्म मात्रै खुल्नेछन् ।
त्यसका साथै मानिसहरुलाई हिँडडुल गर्न पनि रोक लगाइएको छ भने मर्निङ वाक र इभिनिङ वाकमा पनि रोक लगाइएको उनले बताए ।
उनका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने पनि उनले जानकारी दिए । हाल निषेधाज्ञा लागू भए पनि हिँडडुल गर्न भने दिइएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)