बुटवल,जेठ ११-
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुदिन खानले १० थान अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । उनले लुम्विनी सांस्कृतिक नगरपालिकालाई अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् ।
कोभिडका विरामीको अक्सिजनको अभावले मृत्यु नहोस भन्ने मानवीय भावनाले अक्सिजन सिलिण्डर सहयोग गरेको नेता खानले बताए ।
जनताको निस्वार्थ सेवा गर्नु नै नेताको धर्म हो भन्ने मूल मर्मसाथ लुम्विनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिकाका सभापति महम्मद सइद खानले पनि अक्सिजन सिलिण्डर हस्तान्तरणमा सहयोग गरेका छन् ।
उनले यसअघि पनि नगरक्षेत्रका जनतालाई कुनैपनि प्रकारको विपत्तिमा मानवीय सहयोग गर्दै आएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)