बुटवल,जेठ ११-
मानव अधिकार तथा शान्ति समाजले कोराेना महामारीमा ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान चलाएको छ ।
कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा समाजद्वारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थमन्त्री भोजप्रसाद श्रेष्ठलाई प्रदान गर्दै यो अभियान सुरु गरेको समाजका सभापति गोविन्द खनालले नागरिक अनलाइनलाइ बताए ।
समाजका सभापति खनाल लगायत पदाधिकारीहरुद्वारा गत अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर मन्त्रालय मार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण गरिने छ ।
समाजले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल तथा कोरोना बिशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठक संग अस्पतालमा बिरामीको अबस्थाको बारेमा छलफल समेत गरेको जिल्ला शाखा सभापति डिपि खनालले बताए ।
मान्छेका अलावा समाजले यसअघि पशुपति क्षेत्रमा रहेका बाँदरहरु, उपत्यकाका असहाय गाईबाच्छाको संरक्षणको लागि समेत सहयोग गर्दै आएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)