बुटवल,जेठ ११-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने काम लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत आफ्ना भनाई राख्दै जनता समाजवादी पार्टीका नेता समेत रहेका उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद भएको र त्यो नियम नजिर बन्न नसक्ने उल्लेख गरेका छन् ।
भट्टराईले भनेका छन्–‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत हैनन् । खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो, त्यो नियम र नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजा-धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)