Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद ब्युताँएर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्वारा सर्वोच्चमा रिट

संसद ब्युताँएर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्वारा सर्वोच्चमा रिट

  • 3.7K
    SHARES

  • संसद ब्युताँएर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्वारा सर्वोच्चमा रिट

    बुटवल,जेठ १०-

    प्रतिनिधिसभा पुनःस्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । रिट निवेदनमा १४६ सांसदको हस्ताक्षर रहेको छ । 

    कांग्रेस सभापति देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन् । निवेदन दर्ता भएको छ । 

    राष्ट्रपतिले धारा ७६ (५) अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १ सय ४९ सांसदको बहुमत हस्ताक्षरसहित दावी गरेका थियो  । तर, राष्ट्रपतिले जेठ ७ गते राति ‘दाबी नपुग्ने’ भनेपछि सरकारको सिफारिसमा उनले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।


    विपक्षीले रिटमा संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले बहुमत जुटाउन नसकेपछि  राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको जिकिर गरेका छन् ।

    उनीहरुले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग गरेका छन् ।

    writ 1.jpg

    writ 2.jpg

     

    यी समाचार पनि हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology