बुटवल,असाेज १-
सार्बजनिकलेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरत कुमार शाहले सरकारले जनताको पक्षमा केही काम नगरेको बताउदै कांग्रेस जनताका मुद्दामा सडकमा समेत उत्रिने बताएका छन ।
नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शाहले सरकारले लकडाउनको अवधिलाई सदुपयोग नगरेको आरोप लगाए ।
उनले अन्य देशमा लकडाउन गरे पछि बिभिन्न भौतिक पूर्वाधारहरु निर्माण गरेको, अस्पताल, क्वारेन्टाईन लगायत निर्माण कार्यमा समय खर्चिए पनि नेपाल सरकार भ्रष्ट्राचारमै लिप्त रहेको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी भए पनि अहिले सम्म लकडाउनकै कारण सडकमा आएर बिरोध गर्न नसकेको बताउदै शाहले अब अति भएको टिप्पणी गरे । उनले अब कुनै पनि कारणले कांग्रेस आन्दोलनमा नरोकि सडकमा आउने दावी समेत गरे ।
नेकपा र विप्लव समूहका १० जना कार्यकर्ता कांग्रेसमा प्रवेश :
नेपाली कांग्रेस जिल्ला कार्य रुपन्देहीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ अन्तर्गत सैनामैना नगरपालिकाका नेकपा र नेकपा (विप्लव) समूहका १० जना कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)