Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बागमती प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गते ३ बजे बस्ने

बागमती प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गते ३ बजे बस्ने

  • 4.2K
    SHARES

  • बागमती प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गते ३ बजे बस्ने

    बुटवल, जेठ १०-

    बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो ।

    प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३:०० बजेका लागि आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

    आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ ।

    असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology