Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति भण्डारीद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश-२०७८ जारी

राष्ट्रपति भण्डारीद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश-२०७८ जारी

  • 3.3K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा नेपाल  नागरिकता (पहिलो संशोधन) अध्यादेश-२०७८ जारी

    बुटवल,जेठ ९-

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्।

    अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ। यसअघि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।

    मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

    यो अध्यादेशपछि सरकार र जसपाको सम्बन्ध थप नजिक भएको छ। संविधानको धारा ११ को उपधारा ३ मा  संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ। 

    यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।adyades nagarikata.png

    यी समाचार पनि हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology