Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु,मृतककाे संख्या ९ पुग्याे

नेपालगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु,मृतककाे संख्या ९ पुग्याे

  • 2.9K
    SHARES

  • नेपालगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु,मृतककाे संख्या ९ पुग्याे

    बुटवल,असाेज १- 

    बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ४५ बर्षीय पुरुषको भेरी अस्पतालमा विहीवार बेलुका सवा ५ बजे मृत्यु भएको छ ।

    बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती व्यक्तिमा बुधवार बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै फोक्सोमा निमोनिया भएर उनको मृत्यु भएको श्रेष्ठले बताए ।

    स्वास्थ्यमा समस्या उत्पन्न भएपछि ती व्यक्तिलाई भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । आशंका लागेपछि उनको पिसिआर परीक्षणका लागि भदौ ३० गते विहान स्वाब संकलन गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् ।

    ती व्यक्तिको स्वास्थ्यमा थप समस्या देखिएपछि र भेन्टिलेटरसहितको उपचारको आवश्यकता परेको हुँदा भदौ ३१ गते राति ११ ः ४५ बजे मात्रै भेरी अस्पतालमा पठाइएको थियो ।

    यो संगै बाँकेमा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology