Logo बिहिवार, आश्विन १ गते २०८३
images

रामपुर अस्पतालबाट १० दिनमै कोरोना जितेर घर फर्किइन् ७९ बर्षिय केशमाया !

रामपुर अस्पतालबाट १० दिनमै कोरोना जितेर घर फर्किइन् ७९ बर्षिय केशमाया !

  • 2.3K
    SHARES

  • रामपुर अस्पतालबाट १० दिनमै कोरोना जितेर घर फर्किइन् ७९ बर्षिय केशमाया !

    पाल्पा (रामपुर ),जेठ ८-

    रामपुर अस्पताल पाल्पामा उपचाररत ७९ वर्षीय बृद्धा कोरोना जितेर घर फर्किएकी छन् । आइसोलेसनमा दश दिन अघि उपचारका लागि आएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कंडेलले कोरोना जितेर शनिवार घर फर्किएको अस्पतालले जनाएको छ।

    निको भएपछी डिस्चार्ज गरेपछी घर फर्कने क्रममा खुशी हुँदै कंडेलले आफ्नो उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् । राम्रो रेखदेखले सुधार भएको बताउदै कंडेलले आत्मबिश्वास कम गराउन नहुने उनले बताइन् । 

    कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहेकी कंडेल स्वास्थ्यमा थप समस्या देखिएपछि दश दिन अघि उपचारका लागि अस्पतालमा आएको र अहिले निको हुदै गएपछि घर पठाइएको अस्पतालका कोभिड फोकलपर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिए।

    उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियार लगायतले थप  स्वास्थ्यलाभको कामना गर्दै घरमा गएर अपनाउनुपर्ने सजकता र निगरानीका बिषयमा परामर्श गरेका छन्।

    हेर्दा फुर्तिलो देखिने केशमायालाई निको हुँदै गएपछि ३ दिन यता अक्सिजन हटाइएको फोकलपर्सन डा.सुवेदीले बताए। स्वास्थ्यमा राम्रो सुधार हुदै गएपछि घर पठाइएको र नियमित स्वास्थ्य सजकताको लागि भनिएको साथै नियमित सम्पर्कमा आउन र केही असहज भए अस्पताल आउन भनिएको ड. सुवेदी बताए। अस्पतालले आफ्नै एम्बुलेन्स मार्फत उहाँलाई घर पठाएको छ । 

    हाल रामपुर अस्पतालको कोरोना अस्पतालमा पाँच जना बिरामी उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर बिजय परियारले बताए । कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन डाक्टर परियारले अनुरोध गरे ।

    रामपुर अस्पतालको कोरोना अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक जनाको  केही दिन अघि ज्यान गएको छ भने अर्का एक जनालाई रिफर गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology