Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बिहीबार बुटवल उपमहानगरपालिकामा थपिए ३ जना काेराेना संक्रमित,रुपन्देहीमा पुगे १८६६

बिहीबार बुटवल उपमहानगरपालिकामा थपिए ३ जना काेराेना संक्रमित,रुपन्देहीमा पुगे १८६६

  • 4.8K
    SHARES

  • बिहीबार बुटवल उपमहानगरपालिकामा थपिए ३ जना काेराेना संक्रमित,रुपन्देहीमा पुगे १८६६

    बुटवल,असाेज १- 

    रुपन्देहीमा बिहीबार ६ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या एक हजार आठ सय ६६ पुगेको छ भने ३० जना संक्रमणमुक्त भएका छन्।

    विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार विभिन्न ३ पालिकामा सो कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले बताए ।

    बुटवल उपमहानगरपालिकामा १ महिला र २ पुरुष गरी ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

    जिल्लाका संक्रमित मध्ये १ जना महिला र ४ जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय ६६ पुगेको शाहले जानकारी दिए।कार्यालयका अनुसार हालसम्म २० जनाको मृत्यु भएको छ।

    जिल्लाभर ११३० जना निको भएर फर्किसकेका छन् ।2.jpg3 btl.jpg

     

    यी समाचार पनि :-

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology