बुटवल,जेठ ६-
राष्ट्रियसभा सदस्य उपनिर्वाचनको नतिजापछि एमाले नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले आफ्नै पार्टीका नेताहरुलाई दुध ख्वाएर पालेका साँपको संज्ञा दिएका छन् ।
उनले एमालेकै माधव नेपालपक्षलाई लक्षित गर्दै ट्वीटरमा लेखेका छन् - ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्यसमेत रहेका बास्कोटाले समयको अन्त्य हैन नयाँ सुरुआत मात्र भएको दाबी गरेका छन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो ।
आज भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा : बादललाई हराउँदै डा.खिमलाल देवकोटा भारी मतले विजयी भएका थिए ।
हेर्नुस बाँस्कोटाको ट्विट :-
दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 20, 2021
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)