Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेठ ९ गते संसद अधिवेशन आब्हान,प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने !

जेठ ९ गते संसद अधिवेशन आब्हान,प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने !

  • 3.3K
    SHARES

  • जेठ ९ गते संसद अधिवेशन आब्हान,प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने !

    बुटवल,जेठ ६-

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् । 

    आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए। बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको  छ ।

    पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए। 

    वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमा भित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । 

    राष्ट्रपतिद्वारा धारा ७६ (५) को प्रधानमन्त्रीमा दावी पेश गर्न जेठ ७ गते साँझ ५ बजेसम्मको म्याद

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology