बुटवल,जेठ ६-
बागमती प्रदेश भएको राष्ट्रियसभा उपनिर्वाचनमा ९ जना अनुपस्थित भएका छन् । ४ जना प्रदेश सभा सदस्य र ५ जना गाउपालिका प्रतिनिधि अनुपस्थित भए ।जसमा तीन जना बिबेकसिल र एक जना माओवादी केन्द्रका प्रदेशसभा सदस्य छन् ।
मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।
निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)