बुटवल, जेठ ५-
रूपन्देहीमा एकैदिनमा ३ सय ९ जना कोराेना संक्रमित थपिएका छन् भने साेही अवधीमा १० जनाको मृत्यु भएको छ । रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ हजार ८८८ पुगेको छ । मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
१००९ जनाको कोरोना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको हाे । ।बुटवल उपमहानगरमा सबैभन्दा धेरै १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार १७ पुगेको छ । जसमध्ये १७ हजार ७५२ जना निको भएका छन भने २४ घण्टामा ७ सय ९ जना संक्रमित निको भएका छन् ।
त्यसैगरि तिलोत्तमामा ८३ जना, सिद्धार्थनगर नगरपालिकामा २७ जना, देवदह नगरपालिकामा २२ जना, सैनामैना नगरपालिकामा २५ जना, ओमसतिया गाउँपालिकामा १४ जना, शुद्धोधन गाउँपालिकामा ९ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ५-५ जना, कञ्चन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३-३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहीमाई गाउँपालिकामा १-१जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)