Logo बुधवार, श्रावण १३ गते २०८३
images

जसपा तत्काल सरकारमा सहभागी नहुने,आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन तयार

जसपा तत्काल सरकारमा सहभागी नहुने,आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन तयार

  • 3.4K
    SHARES

  • जसपा तत्काल सरकारमा सहभागी नहुने,आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन तयार

    बुटवल,जेठ ४-

    जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ। आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका छन्।

    तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले प्रष्ट पारेका छन्।

    आठ बुँदामा विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन्।

    जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो। ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो।jasapa a.jpg

    jasapa b.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology