बुटवल, जेठ ४ -
लुम्बिनी प्रदेशमा प्रदेशसभाको अधिवेशन बोलाउन परेको निवेदनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले अस्वीकृत गरिदिएका छन् । आज निवेदनको वाक्यांश उल्लेख गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी गराएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन निवेदन दिएका थिए ।
२६ वैशाखमा दिएको निवेदनका सम्बन्धमा धारा ११ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको यादवले उल्लेख गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)