Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संक्रमितकाे मृत्युपछि आफन्तजनकाे गुनासाे-‘कोरोना अस्पतालले भर्ना लिएको भए बिरामीको ज्यान बच्ने थियो ’

संक्रमितकाे मृत्युपछि आफन्तजनकाे गुनासाे-‘कोरोना अस्पतालले भर्ना लिएको भए बिरामीको ज्यान बच्ने थियो ’

  • 4.2K
    SHARES

  • संक्रमितकाे मृत्युपछि आफन्तजनकाे गुनासाे-‘कोरोना अस्पतालले भर्ना लिएको भए बिरामीको ज्यान बच्ने थियो ’

    बुटवल,असाेज १-

    पाल्पाका एक कोरोना संक्रमितको अस्पतालमा डुलाउँदा-डुलाउँदै मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय एक पुरुषको युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । 

    ५२ वर्षीय पुरुष भदौ २२ गते अस्पताल भर्ना भएका थिए। उच्च रक्तचापको साथै कलेजोको रोगी समेत रहेका ती बिरामीको स्वास्थ्यमा सुधार भइ नर्मल वेडमा स्थानान्तर गरिएको थियो ।

    उपचारकै कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । मिसन अस्पतालमा आइसीयू र भेन्टिलेटर नभएकाले बिरामीलाई कोरोना विशेष अस्पतालमा समन्वय गरी पठाए पनि कोराना अस्पतालले बिरामीलाई भर्ना नलिएको युनाइटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए । 

    बिरामीका आफन्तले कोरोना अस्पताल बुटवलले भर्ना नलिएकाे बताए । कोरोना अस्पताल बुटवलले भर्ना लिएको भए बिरामीको ज्यान बच्ने थियो तर डुलाउँदा डुलाउँदै मृत्यु भएको आफन्तकाे आराेप छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology