बुटवल,जेठ ३-
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ९, भुमिकास्थान नगरपालिकामा ७ ,शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाभर कोरोना संक्रमणका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । हालसम्म १६ सय २० जनामा कोरोनाको संक्रमण भएको छ । जस्मा ८ सय ९८ जनाले उपचार पछि कोरोना रोग जितेर घर फर्किएका छन् । हाल ६ सय ८२ जना कोरोना संक्रमित रहेका छन् ।
सन्धिखर्क नगरपालिकामा ११, भुमिकास्थान नगरपालिकामा १०, शितगंगा नगरपालिकामा ८, मालारानी गाउँपालिकामा ६, पाणिनि गाउँपालिकामा ४ र छत्रदेव गाउँपालिकामा १ जना गरी ४० जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)