Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाजको भर्चुअल छलफल : ‘सरकारले समयमै पूर्वतयारी नगर्दा भयावह अवस्था आयो ’ 

शान्ति समाजको भर्चुअल छलफल : ‘सरकारले समयमै पूर्वतयारी नगर्दा भयावह अवस्था आयो ’ 

  • 2.8K
    SHARES

  • शान्ति समाजको भर्चुअल छलफल : ‘सरकारले समयमै पूर्वतयारी नगर्दा भयावह अवस्था आयो ’ 

    बुटवल,जेठ २ ।

    कोभिड १९ महामारी नियन्त्रण तथा रोकथाममा सरकारले कुनैपनि पूर्व तयारी नगर्दा अहिलेको स्थिती आएको सरोकारवालाले बताएका छन् । अघिल्लोपटकको कारोना नेपालमा एक्कासी आएपनि दोस्राे लहर आउनसक्ने अनुमान गरिएकै बेलापनि सरकार राजनीतिक जोडघटाउमा लाग्दा अहिले बिकराल स्थिती पैदा भएको उनीहरुको निश्कर्ष छ ।

     मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आइतबार बुटवलमा गरेको कोरोना महामारी र आपतकालिन ब्यवस्थापन सम्बन्धमा भएको भर्चूअल छलफलमा सहभागिले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका सभापति गोबिन्द खनालले घरघरमा अक्सिजन सिलिण्डर होल्ड गर्नु अपराध भएको बताउनुभयो ।

    उहाले कोभिड १९ का बेला स्थानीय तीनै तहका सरकारहरुले सहि भूमिका खेल्न नसकेको बताउदै  सरकारको उपचारको एउटै प्राटोकल बनाउन नसकेको बताउनुभयो ।स्थानीय सरकारले काम भन्दा पनि काम देखाउने नीति ,प्रचारबाजी बढी गरिरहेको उहाको तर्क छ । उहाले शान्ति समाजले असहज परिस्थितीमा झन् क्रियाशीलताका साथ काम गरिरहेको भन्दै जिल्ला शाखाको कामको प्रशंसा गर्नुभयो ।
    कार्यक्रममा बोल्दै केन्द्रिय सचिव मिना ढकालले सुरक्षित भएर सेवा गर्नुपर्ने भन्दै सरकारलाइ दबाब दिनुपर्ने बताउनुभयो । उहाले निशेधाज्ञा अवधिभरको घरभाडा छुट गराउन निर्देशन दिन ,राहत बितरणलाइ संचालन गर्न स्थानीय सरकारलाइ आग्रह गर्नुभयो । 

    hurpess banner .jpg

    समाज रुपन्देहीका पूर्व सभापति महेन्द्र थापाले यो समय समाजले आफ्नो र अप्ठ्यारोमा परेकाहरुको ज्यान जोगाउने अभियान चलाउनुपर्ने बताउनुभयो । अर्का पूर्व सभापति कृष्ण पराजुलीले स्थानीय प्रदेश र केन्द्रीय सरकारलाइ ठांउठांउमा अक्सिजन प्लान्ट स्थापना गर्न दबाद दिनुपर्ने बताउनुभयो ।

    वडा स्तरिय फोकल पर्सन बनाएर बिरामीको अवस्था र पहिचानका साथ नगरले थप सेवा दिनुपर्ने र अस्पतालमा सहज र सरल ढंगले उपचार हुनुपर्ने बताउनुभयो ।अर्का पूर्व सभापति हरिष ढकालले सरकारले के गरिरहेको छ नागरिकले अनुभूति गर्न नपाएको बताउनुभयो ।सरकारले समयमै सहि र प्रभावकारी तयारी नगर्दा कोरोना को दोस्रोभेरियन्टबाट धेरै क्षति भएको बताउनुभएको थियो ।

    कार्यक्रममा सहसचिव कृष्ण पाण्डे,सदस्यहरु अर्जुन कुवर,जमुना पौडेल ,पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले बोल्दै बिपदका बेला झन् धेरै काम गर्नुपर्ने बताउनुभएको थियो ।रुपन्देही सभापति डिपि खनालले शान्ति समाजले ,अक्सिजन सिलिण्डर ब्यबस्थापनमा सरकारसंग सहकार्य,निशुल्क परामर्श सेवा,हेल्प डेक्स ,रक्तदान सेवा लगायतका अभियान संचालन गर्ने बताउनुभयो ।

    कार्यक्रममा सचिव कपिल ज्ञवालीले रुपन्देहीमा कोरोना महामारीको अवस्था र सरकारको गरिरहेको प्रयासका बारेमा जानकारी समेत गराउनुभएको थियो । रुपन्देही सभापति डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology