बुटवल,जेठ १ ।
पछिल्लो ३ दिनयता रुपन्देहीमा कोरोना संक्रमितको संख्या क्रमश घट्दै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ३२५ जनाको कोरोना परीक्षण गर्दा ४८६ जनामा संक्रमण देखिएको छ भने थप ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्यांकमा छ ।
यससंगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ भने र सक्रिय संक्रमितको संख्या ७ हजार १ सय १ जना पुगेको छ । रुपन्देहीमा बुधबार ९०७,विहीबार ४९४ र शुक्रबार ५१४ जनामा संक्रमण देखिएको थियो ।
२४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ९५ महिला र ११३ जना पुरुष गरी २०८ जनामा संक्रमण देखिएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ४८, देवदह नगरपालिकामा ३८, सैनामैना नगरपालिकामा ३४ र ओमसतिया गाउँपालिकामा १४, कञ्चनमा गाउँपालिकामा ८, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिकामा ७-७, मायादेबी गाउँपालिकामा ५, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ३-३ जना र गैडहवा गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)