Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीसँग एमालेलाई २०७५ जेठ २ मा फर्काउने विषयमा सहमति भएको हाे : माधवकुमार नेपाल

ओलीसँग एमालेलाई २०७५ जेठ २ मा फर्काउने विषयमा सहमति भएको हाे : माधवकुमार नेपाल

  • 2.4K
    SHARES

  • ओलीसँग एमालेलाई २०७५ जेठ २ मा फर्काउने विषयमा सहमति भएको हाे : माधवकुमार नेपाल

    बुटवल,जेठ १ ।

    नेकपा एमालेका माधवकुमार नेपालले ओलीसँगको वार्तामा फागुन २८ गतेको निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ मा फर्काउने विषयमा सहमति भएको बताएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले आफूहरुले राखेको बटमलाइन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेको बताए ।

    ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र २०७५ जेठ २ अगाडिको एमाले बनाउने भन्नेमा उहाँ सहमत हुनुभएको हो । बाँकी मोडालिटीको बारेमा एउटा कार्यदल बनाउने कुरा भएको छ’, नेपालले भने ।

    नेता नेपालले दुई पक्षबीच भएको सहमति र अन्य स्पष्टता आवश्यक पर्ने विषयमा थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको समेत उल्लेख गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology