बुटवल,बैसाख ३१-
रुपन्देहीमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर चेक गर्दा ५ सय १४ जना कोरोना संक्रमित थपिए । रुपन्देहीमा सक्रिय संक्रमित ७४०८ जना पुगेका छन् ।
शुक्रबार सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा संक्रमित थपिएका छन् । ८२ जना महिला र ८३ जना पुरुष गरि १६५ जना संक्रमित थपिएका हुन । त्यस्तै सबै भन्दा बढी संक्रमित थपिदै आएको बुटवल उपमहानगरपालिकामा शुक्रबार ६३ जना महिला र ९१ जना पुरुष गरि १ सय ५४ जना संक्रमित थपिएका छन ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकामा १७ महिला जना र २८ जना पुरुष गरि ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरि ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरि २६ जना, सैनामैना नगरपालिकामा १५ जना महिला र १५ जना पुरुष गरि ३० जना संक्रमित थपिए ।
ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरि १० जना, कन्चन गाउँपालिकामा ९ जना महिला र ७ जना पुरुष गरि १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन् । 
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । अस्पतालको इमरजेन्सी तथा कोरोना विशेष अस्पतालमा उनीहरुको मृत्यु भएको हो ।
बुटवल ६ का ५७ वर्षिय पुरुषको शुक्रबार विहान साढे ९ बजे मृत्यु भएको हो । त्यस्तै बुटवल ११ का ५५ वर्षिय पुरुषको विहिवार राती साढे १० बजे र सैनामैना ९ का ८५ वर्षिय पुरुषको विहिवार राती साढे ११ बजे मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् ।
नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ निको भएका छन् । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)