Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्देशन-‘मृतकको कोरोना परीक्षण नगर्नू ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्देशन-‘मृतकको कोरोना परीक्षण नगर्नू ’

  • 6.5K
    SHARES

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्देशन-‘मृतकको कोरोना परीक्षण नगर्नू ’

    बुटवल,असाेज १-

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको स्वाब लिएर कोरोना भाइरस [कोभिड–१९] परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयले मृतकको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको भन्दै यस्तो निर्देशन दिएका हुन्। 

    उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सावधानीपूर्वक अन्तिम संस्कार गर्न निर्देशन दिँदै स्वाब परीक्षणको आवश्यकता नभएको बताएका हुन्। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गौतमले  कोरोनाको आंशका गरिएका व्यक्तिको मृत्यु भए पीसीआर नगरी आवधानीपूर्वक अन्तिम संस्कार गर्न सबै अस्पताललाई निर्देशन दिएका हुन्। 

    यसअघि मृतकको समेत स्वाब संकलन गरेर पीसीआर परीक्षण हुँदै आएको थियो। यसरी पीसीआर परीक्षण गर्न अब भने पाइने छैन। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology