Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीको आपतकालिन कोषमा साढे ७ लाख जुट्याे,दाताहरुको खाेजी

पत्रकार महासंघ रुपन्देहीको आपतकालिन कोषमा साढे ७ लाख जुट्याे,दाताहरुको खाेजी

  • 3.6K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीको आपतकालिन कोषमा साढे ७ लाख जुट्याे,दाताहरुको खाेजी

     

    बुटवल, बैशाख ३० ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ ।  

    रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन । कोषमा स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।

    उनका अनुसार साँढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए ।

    महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाईन बैठकले  उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको थियो ।
    कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताए ।

    कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केहि हदसम्म भएपनि कोष मार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताईन । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ ।

    कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए । उनका अनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ ।

    कोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम केहि दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए । पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ ।rahat cosh fnj.jpg

    कोषमा जम्मा गर्न चाहनेले शाइनरेसङु्गा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बरमा  ००१००१००००५०३३०००००१ जम्मा गर्न अपिल गरेको छ । 

    पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology