Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकीको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

  • 2.7K
    SHARES

  • गण्डकीको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

    बुटवल,बैसाख ३०-

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन् ।

    प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेकी हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

    मुख्यमन्त्री गुरुङ हाल कोरोना संक्रमित रहेकाले आवश्यक स्वाथ्य मापदण्ड पूरा गरेर पद तथा गोपनीयताको सपथ गराइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology