Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आईसीयूमा अक्सिजन आपूर्ति राेकिँदा बुटवलमा ५ र भैरहवामा ४ जना संक्रमितको मृत्यु

आईसीयूमा अक्सिजन आपूर्ति राेकिँदा बुटवलमा ५ र भैरहवामा ४ जना संक्रमितको मृत्यु

२४ घण्टामा देशभर ९३०५ मा संक्रमण,१६८ जनाको मृत्यु,४४४४ निको

  • 10.7K
    SHARES

  • आईसीयूमा अक्सिजन आपूर्ति राेकिँदा बुटवलमा ५ र भैरहवामा ४ जना संक्रमितको मृत्यु

    बुटवल,बैसाख २९-

    अक्सिजन आपूर्ति राेकिँदा रुपन्देहीका अस्पतालहरुमा उपचाररत ९ जनाले बुधबार ज्यान गुमाउनुपरेको छ ।  बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा ५ जना र भैरहवाको भीम अस्पतालमा उपचाररत ४ जनाको अकालमा मृत्यु भएको हाे ।

    समयमा अक्सिजन आपूर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    बुधबार मृत्यु हुनेमा बुटवल–११ का २९ वर्षीय पुरुष,बुटवल १२ का ५० बर्षीय महिला,बर्दघाट-१४ का ४४ वर्षीया पुरुष,बुटवल ८ का ५२ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष रहेको उनले बताए ।

    ‘अस्पतालमा माग अनुसार अक्सिजन छैन बाहिरबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला भाे उपचाररत बिरामीलाई अक्सिजन सप्लाई रोकिएपछि संक्रमितको दुखद मृत्यु हुन पुग्यो।’FB_IMG_1620823135250.jpg

    उनका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको ती चिकित्सकले बताए ।

    उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् । यहि अस्पतालमा बिहान पनि उपचाररत ६ जनाको मृत्यु भएको थियाे ।

    182908293_2548144422162168_7824229718749518807_n.jpg

    रुपन्देहीमा एकैदिन ९०७ जना संक्रमित,१६ जनाको मृत्यु :

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९०७ जना कोरोना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांकमा जिल्लामा आज सबैभन्दा बढी संक्रमित देखिएका हुन् । २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । यस संगै जिल्लामा सक्रिय संक्रमितका संख्या ७ हजार २ जना पुगेको छ भने अहिले सम्म ३ सय ९ जनाको मृत्यु भएको छ ।

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनाको आरटिपिसिआर परिक्षणबाट ९ सय ७ जना संक्रमित देखिएका हुन । यो भनेको जाँच गरेका मध्ये ७५ प्रतिशतको नतिजा पोजिटिभ आएको हो । बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी १९० जना महिला र २०५ जना पुरुष गरि ३ सय ९५ जना संक्रमित भएका छन् ।

    यस्तै तिलोत्तमा नगरपालिकामा ८९ महिला र ८५ पुरुष गरि १ सय ७४ जना, सिद्धार्थनगर नगर पालिकामा ४३ महिला र ५९ पुरुष गरि १ सय २ जना, ओमसतिया गाउँपालिकामा ५ जना महिला र ९ जना पुरुष गरि १४ जना, देवदह नगरपालिकामा २९ जना महिला र ५८ जना पुरुष गरि ८७ जना रहेका छन् । यस्तै सैनामैना नगरपालिकामा १८ जना महिला र ४१ जना पुरुष गरि ५९ जना, मायादेवी गाउँपालिकामा ५ महिला र ४ पुरुष गरि ९ जना संक्रमित भएका छन् ।

    रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । अहिले जिल्लामा ३५ प्रतिशत सक्रिय संक्रमित र ६३ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।

    जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ७६ जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ६ हजार ६ सय २६ जना होम आईसोलेसनमा बसी रहेका छन् ।

    देशभर थप ९३०५ जनामा संक्रमण पुष्टि,१६८ जनाको मृत्यु :

    देशभर २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ ।

    यस्तै, २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् ।  योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।आज कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोराेना संक्रमितको मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology