Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा जेठ १३ गतेसम्म लम्बियो निशेधाज्ञा,पालना नगरे कडा कारबाही !

रुपन्देहीमा जेठ १३ गतेसम्म लम्बियो निशेधाज्ञा,पालना नगरे कडा कारबाही !

  • 6.5K
    SHARES

  • रुपन्देहीमा जेठ १३ गतेसम्म लम्बियो निशेधाज्ञा,पालना नगरे कडा कारबाही !

    बुटवल,बैसाख २९-

    रुपन्देहीमा जारी निशेधाज्ञाको अवधि जेठ १३ गतेसम्म कायम गरिएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो।

    सोहि सिफारिसलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ १३ गते बिहान ६ बजे सम्म निशेधाज्ञाको अवधि बढाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

    यसअघि रुपन्देहीमा बैसाख१६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय थियो ।

    यस अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी जनक थापाले नागरिक अनलाइनलाई जानकारी दिए ।banda sadak butwal.jpg

    अति आवश्यकीय  सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने प्रशासनले जनाएको छ ।

    press release about lockdown.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology