बुटवल,बैसाख २९-
भैरहवाका दुई उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पतालमा ७ जना र युनिभर्सल मेडिकल कलेजमा उपचाररत २ जना संक्रमितको बुधबार मृत्यु भएको हो ।
ती मध्ये भीम अस्पतालमा उपचाररत ४ जनाको अक्सिजन अभावले ज्यान गएको हाे । भीममा मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउपालिका २ की ७० वर्षीय पुरुष, तिलोत्तमा नगरपालिका ४ की ४४ वर्षीय महिला, तिलोत्तमा ८ की ४४ वर्षिय महिला, सिद्धार्थनगर ७ की ६५ वर्षिय महिला, रोहिणी ३ का ५८ वर्षिय पुरुष र सियारी २ का ८५ वर्षीय पुरुष हुन् ।
त्यस्तै युनिभर्सल मेडिकल कलेजमा उपचाररत गैडहवा गाँउपालिका ७ की ४० वर्षिय महिला र तिलोत्तमा नगरपालिका १३ का ३२ वर्षिय पुरुष संक्रमितको आज विहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
भीम अस्पतालमा अहिले ८६ जना र मेडिकल कलेजमा करिब सय जना कोभिडका विरामी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)