Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ’ :घनश्याम भुसाल

‘आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ’ :घनश्याम भुसाल

  • 2.0K
    SHARES

  • ‘आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ’ :घनश्याम भुसाल

    बुटवल,बैसाख २९- 

    नेकपा एमालेका उपमहासचिब घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजन गर्न खोजिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्नेहरु अहिले एमाले विभाजन गर्न खनाल र नेपाललाई गाली गरिरहेको भुसालको भनाइ छ ।

    सामाजिक सञ्जालमा भुसालले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ ।’

    चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटनको प्रयास भएको तर्फ पनि भुसालले संकेत गरेका छन् । ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावी खण्डन हुँदैन’, भुसालले लेखेका छन् ।

    ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालले लेखेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology