Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोराेना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोराेना संक्रमितको मृत्यु

  • 5.7K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोराेना संक्रमितको मृत्यु

    बुटवल,बैसाख २९-

    बुटवलमा उपचाररत ६ जनाको मृत्यु भएको छ ।  बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ५ पुरुष र १ महिलाको ज्यान गएको हाे । 

    उनीहरुले आईसीयु र एचडीयू बेड कुर्दाकुदै  ज्यान गुमाउनुपरेको हाे । आज मृत्यु हुनेमा तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगरबार राती ११ बजे मृत्यु भएको थियो ।

    त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३५ बजे, बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले नागरिक अनलाइनलाई बताए ।

    मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याईएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याए लगत्तै मंगरलर राती ७ बजे मृत्यु भएको उनले बताए ।

    याे सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।

    182908293_2548144422162168_7824229718749518807_n.jpg

    आईसीयूमा अक्सिजन आपूर्ति राेकिँदा रुपन्देहीमा ९ जना संक्रमितको मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology