Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघले शुरू गर्याे कोरोना बिरुद्ध निःशुल्क परामर्श सेवा

बुटवल उद्योग बाणिज्य संघले शुरू गर्याे कोरोना बिरुद्ध निःशुल्क परामर्श सेवा

  • 3.0K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघले शुरू गर्याे कोरोना बिरुद्ध निःशुल्क परामर्श सेवा

    बुटवल,बैसाख २८- 

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस सम्बन्धि निःशुल्क परामर्श सेवा सुरु गरेको छ । कोरोना संक्रमण भएका बिरामीलाई लक्षित गरेर संघले निःशुल्क परामर्श सेवा सुरु गरेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो । 

    संघले सुरु गरेको ‘कोभिड–१९ निःशुल्क परामर्श सेवा’मा डा. द्वारिका प्रधान, डा. सुशिल श्रेष्ठ र डा. सुशान्त श्रेष्ठले परामर्श प्रदान गर्नुहुनेछ । परामर्श प्रदान गर्ने डा. द्वारिका प्रधान, डा. सुशिल श्रेष्ठ र डा. सुशान्त श्रेष्ठलाई क्रमशः ९८५७८७५०००, ९८४०१००८२८ र ९८४७११७२९१ मा फोन गरेर मध्यान्न १२ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सकिने छ ।

    परामर्श सेवाबाट संक्रमण भएका व्यक्तिहरुले आफ्ना समस्या राख्नुको साथै समाधान कसरी गर्न सकिन्छ, खाने आहार, औषधि तथा स्वास्थ्य उपचार लगायतका बिषयमा परामर्श लिन सक्ने संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । 

    कोरोना भाईरस संक्रमितहरुलाई अस्पतालमा बेड नभएको तथा अक्सिजनको समेत अभाव भएका बेला संक्रिमतले त्यो अवस्थामा पुग्नु नपरोस भन्ने उद्देश्यले परामर्श सेवा प्रदान गरिएको उहाँले बताउनु भयो ।

    संघले सुरु गरेको परामर्श सेवाबाट डाक्टरहरुले दिएको सुझाव सल्लाह अनुसार उपायहरु अवलम्बन गरि स्वास्थ्य लाभ लिन समेत अध्यक्ष कसजूले आग्रह गर्नुभएको छ । bucci.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology