Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा २४ घण्टामा १४ जना कोरोना संक्रमितको मुत्यु

रुपन्देहीमा २४ घण्टामा १४ जना कोरोना संक्रमितको मुत्यु

  • 2.9K
    SHARES

  • रुपन्देहीमा २४ घण्टामा १४ जना कोरोना संक्रमितको मुत्यु

    बुटवल,बैसाख २८- 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १४ जना कोरोना संक्रमितको मुत्यु भएको छ । मृतकको संख्या २ सय ९३ जना पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । ५ सय ५६ जना संक्रमित थपिएको जनाएको छ ।

    यस संगै रुपन्देहीमै कुल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ३० जना पुगेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय १८ जनाको आरटिपिसिआर परिक्षणबाट ५ सय ५६ जना संक्रमित देखिएका हुन । यो भनेको कुल प्रत्येक १ सय परिक्षण मा ६३ जना संक्रमित देखिएका हुन् ।

    बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी ८९ जना महिला र ९० जना पुरुष गरि १ सय ७९ जना संक्रमित भएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ५२ महिला र ४७ पुरुष गरि ९९ जना, सिद्धार्थनगर नगर पालिकामा ५३ महिला र ६७ पुरुष गरि १ सय ३० जना, ओमसतिया गाउँपालिकामा ११ जना महिला र १४ जना पुरुष गरि २५ जना, देवदह नगरपालिकामा १२ जना महिला र ७ जना पुरुष गरि १९ जना रहेका छन् ।

    यस्तै सियारी गाउँपालिकामा १७ जना महिला र २५ जना पुरुष गरि ४२ जना, मायादेवी गाउँपालिकामा १ महिला र १४ पुरुष गरि १५ जना संक्रमित भएका छन् ।रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् ।

    अहिले जिल्लामा ३४ प्रतिशत सक्रिय संक्रमित र ६४ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ८० जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ ।

    यस्तै अन्य ६ हजार १ सय ५० जना होम आईसोलेसनमा छन् ।28-gate-1024x516.jpg

    २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि ,२२५ जनाको मृत्यु,५२२५ जना संक्रमणमुक्त

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology