बुटवल,बैसाख २८-
सर्वोच्चअदालतले अक्सिजनको आपूर्ति सहज बनाउन र थप साधनयुक्त अस्पतालहरु संचालन गर्न सरकारका नाममा अन्तिम आदेश दिएको छ।
मंगलबार अधिवक्ता शैलेन्द्र प्रसाद अम्बेडकरको रिट माथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हो।
न्यायाधीस बम कुमार श्रेष्ठको एकल इजलासले नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले आवश्यक औषधी र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल संचालनमा ल्याउन र अस्पतालमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न भनेको छ।
उक्त कार्यहरुको व्यवस्थापनका लागि आवश्यकता अनुसार सरोकारवालाहरुको प्रतिनिधत्व समेत हुने गरी एउटा कार्य समिति समेत निर्माण गर्न सर्वोच्चले सरकारलाई भनेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)