बुटवल,बैसाख २८-
भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।
नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्,-‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)