Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठनको दाबी पेश गर्न आव्हान गरेपछि के गर्दैछन् दलहरु ?

राष्ट्रपति भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठनको दाबी पेश गर्न आव्हान गरेपछि के गर्दैछन् दलहरु ?

  • 3.2K
    SHARES

  • राष्ट्रपति भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठनको दाबी पेश गर्न आव्हान गरेपछि के गर्दैछन् दलहरु ?

    बुटवल,बैसाख २८-

    राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आव्हान गरेकी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आव्हान गरेकी हुन् ।

    यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।

    लगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

    प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्या २७१ हो ।  सरकार बनाउन बहुमत पुग्ने उनीहरुको दाबी छ । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।sarkar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology