Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

  • 5.5K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

    बुटवल, बैशाख २७ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव विभिन्न सञ्चार माध्यममा माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ ।

    महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्धारा सोमबार प्रेस विज्ञप्ति जारी गरि संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन । संक्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन ।संक्रमित मध्ये केहि निको भएको र अधिकांश कोरोनासाग जुधिरहेको विज्ञप्तीमा उल्लेख छ ।

    ‘जटिल र कठिन स्वास्थ्य संकटको अवस्थामा पनि जनतालाई सूूसूचित गराउन रुपन्देहीका पत्रकारहरूले खेलेको भूूमिकाको महासंघ उच्च प्रशंसा गर्दछ । साथै, यो कठिन र महामारीका बेला अग्रभागमा रहेर निरन्तर सूूचना प्रवाह गर्ने पत्रकार र सञ्चारगृहलाई प्रोत्साहन एंव आत्मबल बढाउने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकर्षण गराउदछौं ।

    यस्तो जटिल घडीमा आमनागरिक सुुसुचित गर्न अहोरात्र खट्ने पत्रकारलाई कोरोना संक्रमण हुादा देखिने जटिल स्वास्थ्य समस्यामा सहज रुपमा बेडको व्यवस्थापन मिलाउन तीन तहका सरकार तथा स्वास्थ्य संस्थाहरूलाई अपिल गर्दछौं ’ विज्ञप्तीमा भनिएकोृ छ ।महासंघले आफ्नो स्वास्थ्य भन्दा ठूूलो अरु केहि होईन, ‘पहिला आफूू सुरक्षित हौऔं, त्यसपछि मात्रै सञ्चारकर्मीको भूूमिका निर्वाह गरौ’ भन्दै पत्रकारहरुलाई अपिल समेत गरेको छ ।

    पत्रकारको जीवन नै असुरक्षामा रहने गरि रिर्पोटिङ गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना नगर्न र सकेसम्म इन्टरनेट, फोन तथा अन्य वैकल्पिक प्रविधिको प्रयोग गरि घरबाटै काम गर्ने वातावरण मिलाइ दिन समेत सम्पूर्ण सञ्चार गृहलाई आग्रह गरेको छ । महासंघ रुपन्देहीले कोरोनाको वाहनामा खाइपाई आएको सेवा सुविधा कटौती नगर्न समेत सञ्चारगृहलाई अनुरोध गरेको छ ।

    ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

    यसैगरि  महासंघ रुपन्देहीको सोमबार बसेको कार्यसमितिको भर्चुअल ९अनलाईन० बैठकले कोरोना महामारीले विस्तारै स्वास्थ्य समस्यासागै पेशागत असुरक्षा समेत बढाउन सक्ने भएकाले ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । यो कोषमा तीन सरकार, विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा पत्रकारिता क्षेत्रलाई माया गर्ने शुभेच्छुकहरूलाई आर्थिक तथा स्वास्थ्य सुरक्षा एंव पत्रकारका लागि आवश्यक सामग्री समेत स्वतस् स्फूर्त रुपमा सहयोग गर्न अपिल गरेको छ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको शाइन रेसङु्गा डेभलपमेन्ट बैंकमा रहेको खाता न ००१००१००००५०३३०००००१  मा जम्मा गर्न सकिने विज्ञिप्तीमा भनिएको छ ।

    साथै बैठकले कोरोना महामारीले पत्रकारहरूलाई पारेको प्रभावलाई मध्यनजर गरि स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन गर्ने, संक्रमित पत्रकारहरूको उपचारमा सक्दो संस्थागत पहल गर्ने निर्णय गरेको छ ।

    press realse fnj rupandehi 78-01-27.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology