Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री केपी ओलीले भने-‘पाँच बर्ष नै प्रधानमन्त्री बन्न मैले राजीनामा नदिएको ’

प्रधानमन्त्री केपी ओलीले भने-‘पाँच बर्ष नै प्रधानमन्त्री बन्न मैले राजीनामा नदिएको ’

  • 2.6K
    SHARES

  • प्रधानमन्त्री केपी ओलीले भने-‘पाँच बर्ष नै प्रधानमन्त्री बन्न मैले राजीनामा नदिएको ’

    बुटवल,बैसाख २७-

    प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बर्ष नै प्रधानमन्त्री बन्न आफूले राजीनामा नदिएको दाबी गरेका छन् । ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताए । समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको ओलीले बताए । 

    उनले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सरकारले ३ वर्ष बढीको अवधिमा जनताको पक्षमा धेरै काम गरेको भन्दै अब पनि यही सरकारले निरन्तरता पाउने विश्वास गरे । 

    उनले भने, ‘मैले विश्वास लिएको छु कि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ  सभामुख महोदय ? ’ ।   ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने असन्तुष्टि थियो कि ? त्यो पनि छाडिदिनुस् । म काममै लागेर त्यस्तो भएको हो।  मेरो कसैप्रति पूर्वाग्रह छैन।’

    उनले यही सदनले आफूलाई निर्वाचित गरेको र ३ वर्षभन्दा बढी समय प्रधानमन्त्रीको हैसियतले सदनमा उभिएको भन्दै यही सदनको बलले आफू रहन्छु भन्ने लागेको बताए । उनले सदनप्रति आफ्नो विश्वास रहेको पनि बताए ।

    प्रधानमन्त्री ओलीमाथि खनिए देउवा : ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology