बुटवल,बैसाख २७-
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
‘ कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।’ बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)