Logo बिहिवार, आश्विन १ गते २०८३
images

झपट रावलले भने-‘ओलीले पार्टीलाई छिन्न-भिन्न बनाएरै छाडे,एमाले पार्टी विभाजन भयो’

झपट रावलले भने-‘ओलीले पार्टीलाई छिन्न-भिन्न बनाएरै छाडे,एमाले पार्टी विभाजन भयो’

  • 2.3K
    SHARES

  • झपट रावलले भने-‘ओलीले पार्टीलाई छिन्न-भिन्न बनाएरै छाडे,एमाले पार्टी विभाजन भयो’

    बुटवल,बैसाख २७-

    नेकपा एमाले माधब नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

    माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताए । 

    ‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो।  हाम्रो पत्रको जवाफ दिन पनि चाहनु भएन । सांसदबाट राजीनामासहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology