Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियाे,राजीनामा दिनेगरी अन्तिम बैठक जारी

नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियाे,राजीनामा दिनेगरी अन्तिम बैठक जारी

  • 1.9K
    SHARES

  • नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियाे,राजीनामा दिनेगरी अन्तिम बैठक जारी

    बुटवल,बैसाख २७-

    नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटमको समय बिहान ९ बजे सकिएको छ ।

    आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो ।

    ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त भनेको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।

    खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे  संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दै छ । प्रधानमन्त्री  ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु एउटा निर्णयमा पुग्ने पक्षमा देखिन्छन् ।

    विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ । यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।

    संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

    त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र  विश्वासको मत उपर कारबाही प्रक्रिया अघि बढ्नेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology