Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा तरुण दलका युवाले गरे एमाले वडा अध्यक्ष थापाकाे अन्तिम संस्कार,घाटमै ओढाइदिए एमालेकाे झण्डा !

बुटवलमा तरुण दलका युवाले गरे एमाले वडा अध्यक्ष थापाकाे अन्तिम संस्कार,घाटमै ओढाइदिए एमालेकाे झण्डा !

  • 60.4K
    SHARES

  • बुटवलमा  तरुण दलका युवाले गरे एमाले वडा अध्यक्ष थापाकाे अन्तिम संस्कार,घाटमै ओढाइदिए एमालेकाे झण्डा !

    बुटवल,बैसाख २६-

    तीनदिन अघि रुपन्देहीको बुटवलमा उपचारका लागि बेड नपाएर ज्यान गुमाएका एक युवाको आज अन्तिम संस्कार गरिएको छ ।

    बुटवल  वडा न ७ का जनप्रतिनिधि तथा नेकपा एमालेका वडा कमिटी अध्यक्ष समेत रहेका नविन थापाको स्थानीय युवाहरुले अन्तिम श्रद्धाञ्जली सहित बुटवलको मगरघाटमा लगेर दागबत्ती दिएका छन् । 

    तर बिडम्बना उनको अन्तिम संस्कारमा पनि उनको पार्टीका कोही पनि सहभागि नभएपछि नेपाल तरुण दलका युवाहरुले एमालेको झण्डा थापाको पार्थिव शरिरमा ओढाएको तरुण दलका युवा नेता हरि क्षेत्रीले नागरिक अनलाइनलाई बताए ।

    कोरोनाकै कारण मृत्यु भएका उनको शव तीनदिनसम्म कसैले उठाएको थिएन ।  तीनदिन बितिसक्दा पनि एमालेका मान्छे कसैले थापाको शवबारे र दाहसंस्कारमा चासाे नदेखाएको तरुण दलको आराेप छ । एमालेले दाहासंस्कार नगरेपछि नेपाल तरुण दल वार्ड सभापति रबि गौचनको नेतृत्वमा स्थानीय युवाहरु मिलि मृतआत्माको शान्तिको कामना सहित मगरघाटमै श्रद्धाञ्जली कार्यक्रम समेत राखेका थिए । 

    यूसिएमएस भैरहवाबाट थापाको शव ल्याएर उनको मृतआत्मालाई न्याय दिनका लागि एमालेको झण्डा खाेजी-खाेजी ल्याएर ओढाएको सभापति गौचनले जानकारी दिए । अन्तिम संस्कारमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता कार्यकर्ता सहभागि थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology