Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकैदिनमा ८८५० जनामा संक्रमण पुष्टि,थप ५२ संक्रमितको मृत्यु

एकैदिनमा ८८५० जनामा संक्रमण पुष्टि,थप ५२ संक्रमितको मृत्यु

  • 1.7K
    SHARES

  • एकैदिनमा ८८५० जनामा संक्रमण पुष्टि,थप ५२ संक्रमितको मृत्यु

    बुटवल,बैसाख २६-

    पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

    काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

    देशभर थप ७८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology