Logo बिहिवार, श्रावण १४ गते २०८३
images

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता,४० सांसदको हस्ताक्षर (पूर्णपाठसहित)

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता,४० सांसदको हस्ताक्षर (पूर्णपाठसहित)

  • 5.4K
    SHARES

  • लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता,४० सांसदको हस्ताक्षर (पूर्णपाठसहित)

    बुटवल,बैसाख २६-

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनले संसद सचिवालयमा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

    बिहान साढे ११ बजे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा मुख्यमन्त्रीका प्रस्तावक कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँन, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवसहितको टोलीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। 

    अविश्वास प्रस्तावमा ४० जना सांसदहरूको हस्ताक्षर गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँनले नागरिक अनलाइनलाई जानकारी दिए। उनले बहुमतमाथि अल्पमतले शासन गर्ने गलत संस्कारलाई सही ट्रयाकमा ल्याउन पुनः अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए।

    ‘यसअघि अविश्वासको प्रस्ताव दर्ता गरियो, त्यसमा कुनै छलफल नै नगरी अल्पमत दलका नेतालाई मुख्ममन्त्रीमा नियुक्ति गरियो, त्यसलाई समेत सही ट्रयाकमा ल्याउन अविश्वासको प्रस्ताव ल्याइएको हो,’ उनले नागरिक अनलाइनसंग भने । 

    यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । तर,मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । राजीनामापछि पाेखरेल नै पुनः मुख्यमन्त्री बनेका थिए ।sighnn.jpgsign aa.jpgsgnn.jpg

    sign.jpg

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology