बुटवल,भदौ ३१-
नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)