बुटवल, वैशाख २५-
नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । विपक्षी अन्य पार्टी र एमालेको माधव नेपाल पक्षलाई समेत समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने प्रयासमा कांग्रेस छ ।
यसकै लागि दलको बैठक बोलाइएको हो । यता प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)