बुटवल,बैसाख २४ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ११ जनाको मृत्यु भएको छ । रुपन्देहीमा २४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
१२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमिण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा १३४ जना, सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सुद्धोधनमा १८ जना, मायादेबीमा १५ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, लुम्बिनी साँस्कृतिक नगरमा ८ जना, ओमसतियामा ५ जना, कोटहिमाईमा ६ जना, रोहिणीमा ४ जना र मर्चवारी र सम्मरीमाईमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा २४ घण्टाकैबीचमा २६० जनालाई कोरोना संक्रमण निको भएको छ । जिल्लामा ६००० जना सक्रिय संक्रमित मध्य २६९ जनामा लक्षण देखिएको छ ।
नेपालभर पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)